बैतडीको पाटन नगरपालिका वडा नं ४ स्थित भुमेश्वर बजार ठाँडमा खानेपानीको चरम अभाव भएको छ। सुख्खायाम शुरु भएसंगै खानेपानीको अभाव भएको स्थानीयहरुले बताएका छन्। ठाँडमा वडा कार्यालय, स्वास्थ्यचौकी, माध्यमिक विद्यालय भएपनि खानेपानीको भने निकै अभाव रहेको स्थानीयहरुले बताएका छन्।

पुरानो खानेपानी योजना जीर्ण हुँदा थोरै मात्रामा खानेपानी आउने र उपभोक्ता बढी हुँदा खानेपानीको चरम समस्या भएको स्थानीय व्यापारी भरत बिष्टले बताए। खानेपानीको अभावमा टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय केशव टेलरले बताए। यस्तै भुमेश्वर माविका विद्यार्थीहरुलाई समेत खानेपानीको समस्या भएको छ । धारामा कम पानी आउने भएपछि विद्यार्थीहरुलाई खानेपानीको समस्या भएको स्थानस्य राजेन्द्रसिंह बिष्टले बताए। सुख्खायामको शुरुवातसंगै बैतडीका विभिन्न स्थानमा खानेपानीको चरम अभाव भएको छ ।

प्रतिक्रिया दिनुस