कैलालीमा हजुरबुवा नाता पर्ने बाट बलात्कृत भएकी किशोरीको परिवारलाई राष्ट्रिय महिला आयोगको टोलीले भेटेर न्याय दिने प्रतिबद्धता जनाएको छ ।मङ्गलवार राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको नेतृत्वमा रहेको टोलीले कैलालीको गोदावरी नगरपालिका ५ मा आफ्नै हजुरबुवा बाट बलात्कृत भएकी १३ बर्सिया बालिकालाई र उनको परिवारलाई भेटेको हो । टोलीमा जनप्रतिनिधी समेत सहभागि थिए ।
अध्यक्ष पराजुली सहितको टोलीलाई पीडित पक्षले आफूहरूलाई न्याय पाउन समस्या भइरहेको गुनासो गरेका थिए । ‘पैसाको प्रलोभनमा पारेर हामीलाई कमजोर बनाउने प्रयास भइरहेको छ’ पीडित किशोरीका परिवारले भने, ‘हामीलाई न्याय चाहियो ।’ गत कार्तिक ५ गते किशोरी माथि बलात्कार भएको थियो ।
तर, माघ ९ गते मात्रै परिवारका सदस्यहरूले किशोरी बलात्कृत भएको जानकारी पाए । स्वास्थ्य परीक्षणका क्रममा गर्भ रहेको थापा पाएपछि किशोरीले आफू बलात्कृत भएको बताएकी थिइन् । बलात्कारको आरोपमा प्रहरीले ९ गते नै गोदावरी नगरपालिका ५ कै ५० कालु राम चौधरीलाई पक्राउ गरेको थियो । तर, अहिले सम्म उनी माथि कारबाही नहुँदा पीडित पक्षले आयोगको टोलीलाई न्याय पाउन ढिलाइ भइरहेको गुनासो गरेका थिए ।