नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो। यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ। पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ९६३ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. सन्दिपकुमार अधिकारीले बताए।

यस्तै, ९० जना सङ्क्रमित निको भएका छन्। हालसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन्। मन्त्रालयका अनुसार हाल एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ। मन्त्रालयले हाल ६३ जना क्वारेन्टिनमा रहेको जनाएको छ। हाल निको हुने दर ९८.६ प्रतिशत छ। पछिल्लो चौबीस घण्टामा एकजनाको मृत्यु भएको छ। हालसम्म तीन हजार २० जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ।

प्रतिक्रिया दिनुस