प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्तरुपमा नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरेका छन् । महासंघको केन्द्रीय समितिले प्रकाशन गरेको जिल्ला स्थित सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस मञ्च नेपाल र जन पत्रकार संघले कैलाली शाखाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बुधबार दुवै संगठनले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफारिस गरेको र आफूहरुले सदस्यताका लागि दिएको निवेदनमा कुनै सुनुवाई नगरेको भन्दै तालाबन्दी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । ’साथै दुवै संगठनले आफुहरुले दिएको निवेदन उपर सुनुवाई नगरे पत्रकार महासंघको तिनै तहको निर्वाचनमा सहभागी नहुने चेतावनी समेत दिएका छन् । लामो समयदेखि क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा एकलौटी रुपमा सिफारिस गरी आफुहरुले दिएको निवेदनको कुनैपनि सुनुवाई नगरिएकाले यसका विरुद्ध हामी तालाबन्दी गर्न बाध्य भएको प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विक र जन पत्रकार महासंघका केन्द्रीय सदस्य धर्मसिंह विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुस