कोभिड १९ को खतरा आउन सक्ने भन्दै करेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले जानकारी दिए ।

‘कोरोनाको जोखिम बढ्ने संकेत गरिएको भएर गृहले प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको हो,’ इकागजसँग कुरा गर्दै आचार्यले भने, ‘स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्ने अनुमान गरेको भएर हामीले सतर्क हुन निर्देशन दिएका हौँ ।’ गृहले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भेला, सम्मेलन तथा भीडभाड हुन नदिनु, स्वास्थ्यको मापदण्ड पालना गर्न लगाउनु भनेर परिपत्र गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुस