“अपाङ्गता हुदैमा जिन्दगीको अन्त्य हुदैन” भन्ने सोचका साथ काकँडभित्ताबाट व्हीलचियरमा मेची–महाकाली यात्रामा निस्किएका रामबहादुर तामाङ गोले २६ औं दिनमा कञ्चनपुर आइपुग्नुभएको छ ।
आफु जस्ता व्यक्तिहरुलाई हौसला,प्रोत्साहन प्रदान गर्ने उद्धेश्यका साथ मृत्यु संग लड्दै उक्त मेची–महाकाली यात्रा सुरु गरिएको स्पाइनल कर्ड इन्जुरी (मेरुदण्ड पक्षघात) भएका राम बहादुर तामाङले बताए । यस अघि लुम्बिनीदेखि भारतको बोधगया ९बिहार०, सम्मको करीब ५५० किलोमिटर लामो यात्रा र नमवुद्ध देखी ३६६ किमी ह्वीलचेयरबाट पूरा गरी फर्केका तामाङ आफ्नो यो तेस्रो यात्रा रहको बताउँछन् । भन्छन्, “मेरो यो तेस्रो यात्रा हो,यसअघि मैलै दुई ओटा यात्रा गरिसकेको छु”।साथै तामाङ मलाई घुमिरहन, नयाँ मान्छे भेट्न मन पर्छ तर हाम्रो समाज,राज्य हामी जस्तालाई भित्रभित्रै गुम्साइरहने खालको छ”।
गोलेको कम्मरमुनिको भाग चल्दैन, हिंडाउने भनेकै ह्वीलचेयरले हो । आत्मबलका यात्री तामाङको यसअघिको यात्राको उद्देश्य पनि आफूजस्तै फरक क्षमता भएकालाई समाजमा घुलमिल हुने वातावरण निर्माण गर्नु र ह्वीलचेयरको पहुँच बढाउनु रहेको उनले बताए । उनी हाल स्पाइनल इन्जुरी पुस्थापना केन्द्रमा दौतरी परामर्शमा कार्यरत हुनुहुन्छ । आफु बास्केटबल खेल्ने, स्वीमिङ गर्ने, आफूजस्तै अपाङ्गता भएकालाई पुनस्र्थापना केन्द्रमा तालिम पनि दिने काम गरिरहेको उनी बताउँछन् । उनको वस दुर्घटनामा परी कम्मर भन्दा तलको शरीर चल्दैन । उनी भन्छन्,”दुर्घटना नभएको, आधा शरीर नगुमाएको भए उही दिनभरको काम र बेलुकाको भट्टीको लत छुट्दैनथ्यो होला”। “जीवन पहिले भन्दा रमाइलो छ ।” उनी थप्छन्,”अपाङ्गता भएकोमा आफुलाई भाग्यमानी ठान्छु,अपाङ्गता नभएको भए म जिन्दगी बुझ्ने थिएन होला”। उनको दाहिने आँखा फुटेको छ ।
०६७ पौष १८ गतेको त्यो दिन
२०६७ पौषको १८ गते उनका लागि कालो दिन बनेर आयो । उनी साथीहरूसँगै खासा घुम्न गएका थिए । त्यहाँबाट फर्कंदा उनीहरू चढेको बस दोलालघाटको चौवन्न किलोमा दुर्घटना भयो ।बस बाटोबाट तल खसेछ,उनले भने,”कम्मरदेखि तल चलाउनै नमिल्ने अवस्थामा शरीरर रहेछ” । जब धुलिखेल अस्पतालबाट स्पाइलन इन्जरी पुनस्र्थापना केन्द्र बनेपा लगियो, उनी जस्तै अरु बिरामी देखेपछि उनलाई बल्ल लाग्यो, ‘अब मेरो कम्मरदेखि तलको भाग चल्दैन । सिन्धुपाल्चोकका ३८ वर्षीय तामाङले आफ्नो विश्व किर्तिमान कायम राख्ने प्रयास रहने बताए।आफ्नो सहकर्मीको रुपमा उनका भतिज मानबहादुर तामाङ पनि साइकलमा उनी संगै यात्रामा छन् ।
विहीवार विहान ८ वजे कञ्चनपुरको गड्डाचौकीमा यस मेची–महाकाली यात्राको समापन गरिने तामाङले जानकारी दिए । तामाङ अपाङ्गता भएको ११ वर्ष भएको छ ।उनका श्रीमतीसंगै एक छोरा र एक छोरी रहेका छन् ।