कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर– ८ स्थित पारिफाँटाको सुन देवी भगवती पर्यटकीय विकास मन्दिरमा वुधवार कालाखाम चढाइएको छ। गाउँकै स्थानियवासीहरु आफैले आर्थिक सहयोग गरेर करिव ३० हजारको लागतमा १ वजेतिर बाजागाजा सहित उक्त कालाखाम चढाइएको सुनदेवी भगवती पर्यटकीय विकास मन्दिरका सदस्य तथा नवयुवा जागरण क्लवका अध्यक्ष विर बहादुर बोहराले रेडियो प्रभु एफ.एम.लाई जानकारी दिए ।

यसअघि पनि यस मन्दिरमा कालाखाम चढाइएको र सो जिर्ण अवस्थामा रहेकोले नयाँ कालाखाम चढाइएको बोहराले बताए । यस सुन देवी भगवती पर्यटकीय विकास मन्दिरमा स्वच्छ मनोभावले आए मनोइच्छा पुरा हुने विश्वास रहिआएको बाहोराले जानकारी दिए । उनले भने,”एकहप्ता अघि शुद्ध भएर,स्वच्छ तवरबाट मन्दिरमा आए मनोकामना पुरा हुन्छ” ।

प्रतिक्रिया दिनुस