बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका आरोपी किशोरले नै बलात्कारपछि हत्या गरेको पुष्टि भएको प्रहरीले दावी गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदीले भागरथीको भेजिनल स्वाबमा भेटिएको डीएनए प्रोफाइल र आरोपी किशोरको डीएनए प्रोफाइल मिलेको बताए।
‘प्रयोगशालामा गरिएको परिक्षणपछि बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ’, डीआईजी सुवेदीले भने। आरोपी किशोर हाल मुद्दा पुर्पक्षका लागि सुधार गृहमा छन्। विद्यालयबाट घर फर्कनेक्रममा भागरथीको गत माघ २१ गते हत्या भएको थियो। उनको शव भोलिपल्ट घर फर्कने बाटोमा पर्ने जङ्गलमा भेटिएको थियो।
प्रतिक्रिया दिनुस