फाइल।

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको भट्टराईले बताए । ‘विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा सांसदहरुबाट सुझाव लिने, चालु प्रतिनिधिसभा बैठकको अधिवेशन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छ ।

अर्को, दललाई एक ढिक्का बनाएर कसरी लैजान सकिन्छ भनेर छलफल हुन्छ,’ भट्टराईले भने । तर, यसअघि झलनाथ खनाल–माधवकुमार नेपालपक्षले दलको बैठक बालुवाटारमा बोलाएको भन्दै बहिष्कार गरेको थियो । शुक्रबार बिहान खनाल–नेपाल समूहले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुस