सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडीमा ४ दिन देखी नेपाल टेलीकमको सेवा अवरुद्ध रहेको छ। गएको सोमबार राती देखी नेपाल टेलिकमको मोबाइल फोन सेवा, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका हुन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन्।

बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए। बुधबार पनि मर्मत गरिएको तर अर्को ठाउँमा अप्टिकल फाइबर काटिएको पाइएकाले सेवा सुचारु हुन नसकेको उनले बताए। अप्टिकल फाइबर मर्मतको काम जारी रहेको कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुस