कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका ४५ जनालाई सहायक सामग्री वितरण गरिएको छ। राष्ट्रिय पुनर्स्थापन समाज काठमाडौंको सहयोगमा अपाङ्ग एकता समाज नेपाल कञ्चनपुरले सामग्री वितरण गरेको हो। सहायक सामग्री वितरणका लागि नगरपालिकाले व्यवस्थापन खर्च बापत दुई लाख रुपैयाँ उपलब्ध गराएको छ।

नगर उपप्रमुख तुलसीदेवी हमालले आगामी आर्थिक वर्षभित्र नगरक्षेत्रका थप आवश्यकता भएका फरक क्षमताका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिने बताइन्। अपाङ्ग एकता समाजका अध्यक्ष हरिदत्त भट्टका अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई १० वटा ह्विलचेयर, पाँचवटा ट्राइसाइकल, १० वटा सेतो छडी, १० जोडा बैशाखी, सातवटा स्केच वाकर र तीनवटा एल्बो वितरण गरिएको छ। नगरपालिकाले उपलब्ध गराएको रकम व्यवस्थापन, सामग्री फिटिङ्ग गर्ने, नाप जाँच गर्ने, ढुवानीलगायतमा खर्च भएको उनले बताए। नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको संख्या एक हजार २१ रहेको छ। जसमध्ये ३५६ ले मात्रै परिचयपत्र पाएका छन्।

प्रतिक्रिया दिनुस