नेकपा एमाले सुदूरपश्चिम प्रदेशको सह इन्चार्जमा गणेश ठगुन्ना र नारदमुनि राना चयन भएका छन्। एमाले केन्द्रीय कमिटीले कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित राना र दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित ठगुन्नालाई जिम्मेवारी दिएको हो। राना अहिले संसदीय बोर्डका सदस्य छन् भने, ठगुन्ना सामान्य प्रशासन मन्त्री छन् ।

यस अघि नै प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्र रावल चयन भइसकेका थिए । एमालेले महाधिवेशन आयोजक कमिटी र प्रदेश पदाधिकारीहरूको नाम तल्लो तहमा पठाएको हो ।

प्रतिक्रिया दिनुस