फाइल।

कञ्चनपुरमा एकै दिन २ जनाको शव फेला परेको छ । जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै अन्दाजी २९ वर्षीय नरेश सार्की र कृष्णपुर नगरपालिका -९ मा स्थानीय ७२ वर्षीय केशर रानाको शव फेला परेको कञ्चनपुर प्रहरीले जानकारी दिएको हो।

महाकाली अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत सार्कीको मङ्गलवार बिहान नदी नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो। रानाको शव पनि घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुस