बैतडीमा बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीनजना घाइते भएका छन्। अत्तरीयाबाट दार्चुलाका लागि छुटेको भे १ च ३५११ नम्बरको जिप महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै दुर्घटनामा परेको हो। मंगलबार बिहान साढे ५ बजेतिर जिप दुर्घटना हुँदा जिप साहु समेत रहेका दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामीको बाँया हातमा चोट लागेको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोतिसिंह बमले जानकारी दिए।

जिपमा सवार अन्य दुईजना भने सनमान्य घाइते भएका छन् । जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति हुन नपाएको उनले बताए। जिपमा चालक सहित चारजना सवार रहेका थिए। दार्चुलाको अपिहिमाल ५ का चालक विरेन्द्र धामी भने फरार रहेका प्रहरीले जनाएको छ । चालकको खोजी भईरहेको बताइएको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस