कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रावलको मंगलबार बिहान उनको मृत्यु भएको हो।

रावललाई कोहलपुर मेडिकल कलेजबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो। लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित रावललाई चार दिनअघि ब्रेन हेमरेज भएको पारिवारिक स्रोतले जनाएको छ। रावाल एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुस