कञ्चनपुरको भीमदत्तनगरपालिकाका वडा अध्यक्ष मदन बहादुर चन्दको निधन भएको छ। शुक्रवार घाँटीमा हड्डी अड्किएपछि उनको निधन भएको हो। शुक्रवार वडा अध्यक्ष चन्द वडा सचिव, अन्य सदस्य र कार्यालय सहयोगी सहित बेतकोट नगरपालिका स्थित चुनेपानीमा पिक्नीक खान गएका थिए।
सँगै बसेर खाना खाइरहेका बेला एक्कासि घाँटीमा हड्डी अड्किएपछि बेहोस अवस्थामा पुगेका अध्यक्षलाई महाकाली अस्पताल पु¥याइएको नगरपालिकाका प्रवक्ता हिमाल चन्दले बताए। घाटीमा मासु अड्केर बेहोस भएपछि एम्बुलेन्सबाट महाकाली अस्पताल पु¥याइएको र उनको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। उनि सँगै वनभोज खान गएका वडा सचिव सहित अन्यमाथी सोधपुचछको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
उनको शव महाकाली अस्पतालमा राखिएको छ। वडा अध्यक्ष चन्द नेपाली कांग्रेश  बाट निर्वाचित थिए।
प्रतिक्रिया दिनुस