कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ बंकका ४० वर्षीय तेजबहादुर डगौराको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर डगौराको घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुस