महाकाली अस्पतालको चमेना गृह ठेक्कामा चलखेल मात्र नभई कमिसनको बार्गनिङ्ग भएको पाईएको छ । अस्पतालमै कार्यरत कर्मचारीको श्रीमतीलाई चमेनागृह संचालनका लागि ठेक्का दिलाउन सेटिङ्ग गरेको देखिएको छ । कर्मचारीले आफुखुसी मापदण्ड बनाएर अस्पताल परिसरमा चमेनागृह(खाजाघर) संचालनका लागि टेण्डर आब्हान गरे अनुरुप आफ्नै कर्मचारीको श्रीमतीलाई ठेक्का दिलाएको छ । १० फागुनमा चमेनागृह संचालनका लागि टेण्डर आब्हान गरे अनुरुप ११ जनाले व्यक्तिगत तथा संस्थागत रुपमा टेण्डर खदिर गरेका थिए । महेन्द्रनगरको चर्चित होटल गंगोत्रीगोल्ड होटलदेखि विदेशका होटलमा काम समेत गरेका व्यक्ति संस्था भन्दा अस्पतालका निमित्त मेसु हरि कुमार श्रेष्ठकै सेटिङ्गमा अस्पतालमा कार्यरत कर्मचारीकै श्रीमतीलाई चमेनागृह दिलाईएको छ ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका किरण प्रशाद बोगटीले मञ्जु रेमिटबाट आवश्यक सबै कागजात पेश गरेका थिए । सबैभन्दा बढि उनले कबोल अंक राखेका थिए । उनले मासिक ३२ हजार ७ सय ७५ रुपैया कबोल अंक राखेर बोलपत्र पेश गरेका थिए । बढाबढीमा जसले बढि रकम राखेका हुन्छन, उसैले ठेक्का पाउने भएपनि अस्पतालका निमित्त मेसु हरि कुमार श्रेष्ठले सेटिङ्ग गरेकाले बोगटीले पेश गरेको एक प्रमाण पत्र फाईलबाटै गायब गराएर आफ्नै अस्पतालकै कर्मचारी बिरेन्द्र चन्दकी श्रीमती पुजा पाललाई चमेना गृहको ठेक्का दिलाएका छन । पालले मासिक ३१ हजार ५ सय ६० रुपैया कबोल अंक राखेकी छिन । बोगटीले पालको भन्दा बढि अंक र सस्थागत रुपमा उनले मञ्जु रेमिटको समेत प्रमाण पत्र पेश गरेका थिए ।

‘मैले सबैभन्दा बढि कबोल अंक राखेको थिए, ‘किरण बोगटीले भने, ‘टेण्डर खोल्दा पनि मलाई चमेना गृह संचालन गर्ने टेण्डर तपाईकै सदर भएको भन्दै कर्मचारीले बधाई दिए, तर अन्तिममा अर्काकै नाममा टेण्डर पारियो ।’ बोगटीले कार्यालयले माग अनुरुप सबै प्रमाण पत्र पेश गरेको भन्दै उनले भान्से शिवराज भट्ट र वेटर शुनिल चौधरीको ३ बर्ष अन्य होटलमा काम गरेको अनुभव राख्दा पनि आफुलाई टेण्डर नदिनका लागि कर्मचारीको अनुभवको प्रमाण पत्र नै आफ्नो फाईलबाट गायब गरिदिएको बताए । ‘टेण्डर खरिद गर्दा मैले सबै प्रमाण पत्र पेश गरेको थिए, ‘उनले भने, ‘अन्तिममा आएर मेसुले आफ्नै कर्मचारीबाट कमिसन लिएर टेण्डर खरिद गर्दाका बेला पेश गरेका दुई प्रमाण पत्र गायब गरेर आफुलाई पर्ने टेण्डर अरुलाइ पारिदिए ।’ समान्य चमेनागृहको टेण्डरमा कमिसन लिने कर्मचारीले अस्पताल भित्र करोडौँका संरचना निर्माण, कर्मचारी भर्ना र लाखौँको खौषधी खरिदमा मोटो रकम कमिसन लिएकै कारण भेन्टिलेशन संचालनमा नआउँदै बिग्रीएको दावि गरेका छन । बोगटीले टेण्डरमा घोटाला र अनियमितता, कमिसनको खेल भएकाले टेण्डर बदर गर्नका लागि अस्पतालमा निवेदनका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन ।

‘भ्रष्ट र फटाह कर्मचारीको छलकपटका कारण हामी जस्ता युवाहरुले विदेशीन बाध्य भएका छौँ, ‘उनले भने, ‘सानो योजनामा समेत आफ्नै कर्मचारीको परिवारलाई टेण्डर दिलाउन अनेकन हतकण्डा गरेको देखियो ।’ बोगटीले अस्पतालका कर्मचारीले तपाईको टेण्डर परयो लौ बधाई छ । अब सम्झौताका लागि बोलाउँछु भनेपछि आफु यत्तिकै के भईरहेको छ, भनेर अस्पतालमा पुग्दा टेण्डर अर्का व्यक्तिको परेको त्यो पनि कर्मचारीकै नाममा पारेकाले टेण्डरमा ठूलो बदमासी घोटाला भएको आरोप लगाए ।

‘यो टेण्डर अस्पतालका कर्मचारीले आफ्नी श्रीमतीको नाममा दिलाउनु पनि आफैले लगे सरह हो, ‘उनले भने, ‘चमेना गृहमा घोटाला गर्नेहरु अस्पताल बनाउनु भन्दा कमिसन लिनमै ठिक्क छन ।’ चमेना गृह संचालनका लागि बोगटी पाल सहित महेन्दनगरको चर्चित होटल गंगोत्री, रमेश चन्द, प्रकासचन्द्र पन्त, जोगासिह धामी, हर्क ब। चन्द, शुशिला चन्द, महेन्द्र जोशीले टेण्डर किनेका थिए । गत बर्षदेखि महाकाली अस्पताल व्यवस्थापन समितिमा जुझारु युवाको टिम आएसंगै कर्मचारीबाट हुने कमिसन र बदमासी बदर हुँदै आएका छन । गत बर्ष अस्पतालको भेन्टिलेटर खदिरमा बदमासी भएकै कारण ठेकेदार कम्पनीले पुराना समान दिएको थियो, अस्पताल व्यवस्थापन समितिले तुरुन्तै परिर्वतन गरेको थियो ।

यस्तै आईसोलेशनमा शुरुमै दोयम ईटा प्रयोग गरेको ठेकेदारले अस्पताल व्यवस्थापन समितिले रद गर्न लगायो, तर भवन बनेपछि मेसुले १० प्रतिशत कमिसन मागेका थिए । अस्पताल कर्मचारी स्रोतका अनुुसार अस्पतालमा औषधी खरिद, कर्मचारी भर्नादेखि ठूला टेण्डर हुँदा मेसुले कमिसन नदिदासम्म कामै नगरिदिने गरेकाछन । जसले कमिसन दिदैन उसको कामै नहुने प्रवृतिबाट सहकर्मी नै हैरान भएका छन । व्यवस्थापन समिति आएसंगै एकातिर अस्पताल सुधार भएपनि अर्कातिर मेसुले कमिसनको दाउमा अस्पताल नै धरापमा पारेको नागरिक समाजको बुझाई छ । चमेनागृह र अस्पताल प्रशासनका कामकाजप्रति व्यवस्थापन समिति समेत रुष्ट रहेको छ । अस्पताल व्यवस्थापन समितिलाई बाहिपास गरेर मेसुले कमिसनका लागि गर्ने गतिबिधीले अस्पताल कमिसनको चुङ्गोलमा फसेको समितिको ठहर छ । अस्पताल व्यवस्थापन समितिले सुधार भईरहेका बेला मेसुका गल्ती कोट्याँदा डाक्टरमाथि जाई लागेको जस्तो देखिने भएकाले चुपचाप बस्नु परेको र चमेनागृहको विवाद प्रकरण बारे समितिले अस्पताल प्रशासनसग बुझ्ने जनाएको छ ।

चमेनागृहको ठेक्का पाएका पुजापालको फाईलमा कर्मचारी बिरेन्द्र चन्दको नम्बर रहेको छ । उक्त नम्बरमा सम्पर्क गर्न खोज्दा आफु अस्पतालको कर्मचारी भएको तर, मेडम नभएको बताएका छन । यस बारेमा पटक पटक महाकाली अस्पतालका मेसु डा। हरि कुमार श्रेष्ठसंग सम्पर्क गर्न खोज्दा उनी कहिले बैठक कहिले अप्रेसन कक्ष भन्दै बोल्न नै मानेनन्।

प्रतिक्रिया दिनुस