कैलालीमा गाउँपालिकाका अध्यक्षको निधनमा पाँच दिन सार्वजनिक बिदा सहित १० दिन झण्डा झुकाउने निर्णय गरीएको छ। जिल्लाको मोहन्याल गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय हो।

मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाभरीका सरकारी र गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै १० दिनसम्म सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गरेको वडा नम्बर २ का अध्यक्ष देवीदत्त उपाध्याले जानकारी दिए।

अध्यक्ष रावलको उपचारमा लागेको आठ लाख र अन्त्यष्टिमा लाग्ने खर्च समेत गाउँपालिकाले ब्यहोर्ने निर्णय गरेको उनले जानकारी दिए । ७७ वर्षीय अध्यक्ष रावलको मंगलबार बिहान काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुस