नेपालमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा तीन हजार ३० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ११५ जना कोरोनामुक्त हुँदा नेपालमा दुई लाख ७२ हजार ७२७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । हाल १३९० जना आइशोलेशनमा र ५३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २२ लाख ६७ हजार ४०८ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस