कैलालीमा जारी चौथो खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिताको फाइनल खेल बुधबार (भोली) हुने भएको छ। बुधबार हुने खेल चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको उपाधीका लागी प्रदेश प्रहरी कार्यालय धनगढी र डल्फीन फिड लम्की विच प्रतिस्पर्धा हुने भएको हो। मंगलबार भएको सेमिफाईनल खेलमा डल्फीन फिड लम्कीले चिसापनि एडभेन्चर एण्ड रिसोर्टलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो। यसै गरी मंगलबारनैै भएको दोस्रो सेमिफाईनल खेलमा राष्ट्रिय मा. वि. तारानगरलाई पराजित गर्दै प्रदेश प्रहरी कार्यालय धनगढी पनि फाईनल पुग्न सफल भएको हो।

प्रतियोगितामा तेस्रो स्थानका लागी चिसापनि एडभेन्चर एण्ड रिसोर्ट संग राष्ट्रिय मा.वि. तारानगर प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता फागु पुर्णिमा होलीको अवसरमा गत शनिवार देखि सुरु भएको थियो । साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा “राष्ट्रको शान खेलकुद बिकासको अभियान” “भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताको समापन कार्यक्रम बुधबार (भोली) १० बजे देखि हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विभागीय टोली सहित १६ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ८१ हजार पाउने छ भने द्धितिय हुनेले रु. ४५ हजार र तृतीयले रु. २१ हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने छन । यस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ वेस्टस्पाईकर, वेस्ट सर्भर, वेस्ट ब्लकर, बेस्ट सटर, बेस्ट लिव्रो लाई नगद रु. २ हजार, बेस्ट प्लेयरलाई ३ हजार नगद, १ थान टि–सर्ट र अनुशासित टिमलाइ मायाको चिनो प्रदान गर्ने छन ।

प्रतिक्रिया दिनुस