फाइल।

कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमतीमाथी खुकुरी प्रहार गरेका छन्। जिल्लाको पुर्नवास नगरपालिका – ६ ङ गाउँमा ३२ बर्षिय धर्मेन्द्र सार्कीले आफ्नै श्रीमती २९ बर्षिया रूपा सार्की माथि कुखुरी प्रहार गरि घाईते बनाएको प्रहरीले जनाएको हो।

मँगलवार साँझ करिव ७ बजे मदिरा सेवन गरि घरमा आएको र सामान्य घरयासी विवाद हुँदा धर्मेन्द्रले श्रीमती माथि खुकुरी प्रहार गरेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घाईते रूपाको स्थानिय पुनर्वास पोलिक्लिनिकमा उपचार भईरहेको छ । खुकुरी प्रहार गरी धर्मेन्द्र फरार रहेको जनाइएको छ। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं डिएसपी अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुस