भुवन भट्ट १८ चैत्र, महेन्द्रनगर–कञ्चनपुरमा आहारको खोजीमा चितुवा बस्ती पस्न थालेपछि स्थानीयमा त्रास उत्पन्न भएको छ। जिल्लाको बेलौरी नगरपालिका –९ स्थित खजुवा बस्ती, कुण्डा लगायतका क्षेत्रमा चितुवा बस्तीमै पसेर जनावर मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन्।

गत साता जंगल भन्दा ५ सय मिटर बस्ती भित्र पसी चितुवाले गोठमा बाख्रा मारेको स्थानीय लाल सिंह रानाले बताए।
उनले भने,–‘रातीको १२ बजे आवाज आएको सुनेपछि बाहिर निस्कँदा चितुवाले बाख्रो मारिरहेको देख्यौ।’ स्थानीय मिलेर भगाएको उनले बताए। उनले तिन चितुवा बाघ यस क्षेत्रमा देखिएको बताए। नियन्त्रणमा नल्याइए आफूहरूको ज्यानको समेत असुरक्षा बढ्दै गएको उनले दुखेसो पोखे।

No description available.

  स्थानीय लाल सिंह रानाको घर

त्यस्तै कुण्डाका करिब २ दर्जन बढी बाख्रा मारिसकेको स्थानीयले बताएका छन्। स्थानीय चन्द्र बहादुर महराले चितुवा  घरमै आएर बाख्रा, कुकुर मार्न थालेको गुनासो गरे। उनले अहिले सम्म दुई दर्जन बढी बाख्रा र ४ कुकुर चितुवाले मारेको बताए। नियन्त्रणमा ल्याइ सुरक्षा प्रदान गरिन स्थानियहरूले माग गरेका छन्।

यता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले भने चितुवा बस्तीमै पसेपछि अनुगमन गरिएको जनाएको छ। तर नियन्त्रणका लागी भने निकुञ्जले कुनै पहल चाल्न सकेको छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक निकुञ्ज प्रमुख रमेश चौधरीले उक्त क्षेत्रमा अनुगमन गरीएको जानकारी दिए। उनले एउटा घाइते चितुवा निकुञ्ज ल्याइएको बताएका छन्। तर अझै चितुवा उक्त क्षेत्रमा रहेको हुन सक्ने उनले बताए। स्थानियलाई सर्तक रहन उनले आग्रह गरेका छन्।

तर चितुवाले मानविय क्षती भने नगर्ने दावी गरीएको छ। सहायक प्रमुख चौधरीले बालबालीका लाई खतरा रहन सक्ने बताए। स्थानियले बेहोर्नुपरेको क्षतीको विवरण संकलन गरीएकाले उचित राहतको व्यवस्था मिलाइने उनले बताए।

प्रतिक्रिया दिनुस