नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कञ्चनपुरमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिती गठन गरेको छ। बुधबार महेन्द्रनगर स्थित होटेल बाह्सिंहमा जनक अवस्थीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिती गठन गरेको हो।

अखिल (क्रान्तिकारी) सुदूरपश्चिम संयोजक पुष्कर भट्टले कञ्चनपुरमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिती चयन गरीएको जानकारी दिए। समितीमा टेक नेपाली सह संयोजक चयन भएका छन्। त्यस्तै सदस्यमा वशन्त भट्ट, नवराज पन्त, दलराम ठकुल्ला, नागेन्द्र जोशी, देवराज ओझा, रविन्द्र पन्त चयन गरीएका छन्। अन्य थप ४ सयदस्य पछि थप्ने गरी आज ११ सदस्यीय जिल्ला भेला आयोजक समिती गठन गरीएको अखिल क्रान्तिकारीका प्रदेश संयोजक जोशीले बताए।

उनले जिल्ला भेला छिट्टै तोक्ने गरी समितीले काम गर्ने बताए। त्यस्तै आयोजक समिती गठन पछि अखिल (क्रान्तिकारी)ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरी कृष्ण गजुरेलले अबको बिकल्प जनगणतन्त्रको स्थापना गर्दे बैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य रहेको बताए। मुलुकलाई राजनितिक अस्थीरता तर्फ धकेलीरहेका वर्तमान सत्ताधारीहरु अब धेरे टिक्न नसक्ने उनले बताए। उनले जसका लागी अखिल क्रान्तिकारीले अबको नेत्तृत्व लिने बताए।

 

प्रतिक्रिया दिनुस