पुष्पकमल दाहाल प्रचण्ड ‘निकम्मा’ भएका अखिल(क्रान्तिकारी)ले गम्भीर आरोप लगाएको छ। बुधवार नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकम्मा, दुई जिब्रे भएको गम्भीर आरोप लगाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरि कृष्ण गजुरेलले मुलुकमा आज डरलाग्दो स्थिति सृजना हुनुमा पुष्पकमल दाहालको ठुलो षड्यन्त्र रहेको दाबी गरे। नेकपालाई अदालतले अहिले पुरानै अवस्थामा ल्याइदिएपछि उनीहरूको जस्तो बेहाल कसैको नभएको उनले बताए।
आपसी समझदारी गर्न नसक्ने यी दलालहरूले मुलुकलाई अस्थिरता तर्फ धकेलेको उनले बताए। अहिले मुलुकलाई विकासका नाममा विनाश, समृद्धका नाममा उधम गतिमा लगेको उनले आरोप लगाए। उनले भने,–‘ सबै भन्दा अचम्मको कुरा त प्रचण्ड जस्तो सुकै नाटक गर्न पनि तयार रहने।’
‘प्रचण्ड त दिनमै १० चोटि कुरा फेर्ने, उहाँ अचम्मको मान्छे हुनुहुन्छ। उहाँको त घण्टा घण्टामा कुरा फेर्नुहुन्छ, उहाँ जस्तो दुई जिब्रे निकम्मा कोही छैन।’ प्रचण्डले भाषणमा केपी ओलीले माधवलाई आफ्नो कार्यकर्ता भन्ने गरेको भाषण गर्ने गरेका उनले बताए। तर वास्तविकता भने उहाँ आफै माधव नेपाल र झलनाथ खनालको कार्यकर्ता भएको उनले आरोप लगाए।
उनले भने,–‘वास्तविकता त हामी जब सान्ती प्रक्रियामा आयौ। उहाँ चाही माधव नेपाल र झलनाथ खनालको कार्यकर्ता पो भएका छन्।’
दश वर्षको जनयुद्धको नेतृत्व आज कुन अवस्थामा पुग्यो ? उनले भने–‘क्रान्तिको नायक आज खलनायकमा बदलिएको छ।’ उनले अबको नेतृत्व अखिल (क्रान्तिकारी)ले गर्ने बेला आएको बताए। जनगणतन्त्रको स्थापना गर्दे अबको विकल्प वैज्ञानिक समाजवादको स्थापना नै भएको उनले बताए।
प्रतिक्रिया दिनुस