डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर बुधवार १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका ७ स्थित ऐरी गाउँकी ४० बर्सिया नारुदेवी ऐरी रहेको प्रहरीले जनाएको हो। स्थानीय उग्रतारा जङ्गल नजिकै माटो निकाल्ने क्रममा उनि ढिस्कोमा पुरीए।

ढिस्कोमा पुरिएर सोही वडाकी ३० बर्सिया शारदा ऐरी र २० बर्सिया कमला विक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। नयाँ वर्षको लागि घर पोत्ने माटो लिन उनिहरु जङ्गल गएका थिए।

प्रतिक्रिया दिनुस