नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १६२ जनामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ। पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७२ हजार ७८६ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३० पुगेको छ। आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ४९३ रहेको छ।

 

प्रतिक्रिया दिनुस