नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरि कृष्ण गजुरेलले जनताको शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले अहिलेको शिक्षा दलाल, भ्रष्ट र शैक्षीक माफियाहरुको नियन्त्रणमा रहेको आरोप लगाए।

शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको चङ्गुलमा रहेको बताउदै त्यसको पुर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताएका हुन्। शैक्षीक क्षेत्रको समग्र बिकासका लागी शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निःशुल्क गर्नका लागी अखिल (क्रान्तिकारी) संघर्षरत रहेको उनले बताए। अखिल (क्रान्तिकारी) देशै भरी संगठन विस्तारको अभियानमा रहेको उनले जानकारी दिए।

अखिल (क्रान्तिकारी)का सुदूरपश्चिम कार्यवाहक संयोजक पुष्कर जोशीको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हरि सुवेदी, सुदूरपश्चिम सेक्रेटरी राम बहादुर महरा (चिन्तक), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष विष्णुराम दमाई र क्रान्तिकारी माओवादीका कञ्चनपुर जिल्ला सेक्रेटरी कैलाश लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुस