डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–१ महरा गाउँकी २२ वर्षीया धना बोहराको बिहीबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो।

रुखमा चढेको बेला उनलाई रुखमा छोएको नाङ्गो बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।

प्रतिक्रिया दिनुस