भारतमा कोरोना संक्रमण र मृत्यु दर यो वर्षको उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ४५९ जनाको मृत्यु भएको छ भने ७२ हजार ३ सय ३० जनमा संक्रमण पुष्टि भएको छ । केही दिनयता भारतमा कोरोना संक्रमणको दर निरन्तर बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमण दर उच्च देखिएका केही प्रदेशमा नियन्त्रणका लागि सरकारले चालेको कदम पनि प्रभावकारी नदेखिएको भारतिय सञ्चार माध्यमले जनाएक छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ । कोरोनाका कारण भारतमा १ लाख ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण नियन्त्रणका लागि भन्दै खोप अभियानलाई तीव्र्र पारेकोे भारतले हालसम्म ६ करोड ५१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ । भारतमा आजबाट ४५ वर्षभन्दा माथिका नागरिकलाई कोरोना खोप लगाउन शुरु गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी