धनगढीको सनराइज होटलमा एक पुरुष मृत फेला परेपछि आफन्त आन्दोलित भएका छन। प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै मृतक तिलक भण्डारीका आफन्तले ट्राफिक चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द गरेका हुन्। सोही क्रममा प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका भण्डारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनी दुई दिनदेखि होटलमै बसिरहेका थिए। प्रहरीले घटनाको अनुसन्धानका लागि होटलमा कार्यरत एक युवतीलाई गएराति नै नियन्त्रणमा लिएको छ। तर मृतकका आफन्तले आफूहरूको सहमती विपरीत जबरजस्ती प्रहरीले होटलबाट शव उठाएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुस