पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ५२ जना सङ्क्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। अहिलेसम्म २२ लाख ७५ हजार ५४० वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट ६५ जना सङ्क्रमित निको भई घर फर्केको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७२ हजार ८५१जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

प्रतिक्रिया दिनुस