विदेशबाट ल्याइने सुनको आयात कोटा बढेको छ । यसअघि १० किलो मात्रै ल्याउन पाइनेमा नेपाल राष्ट्र बैंकले त्यसलाई बढाएर २० किलो बनाएको छ । बजारमा काँचो सुनको माग बढेको तर आपूर्ती हुन नसकेको भन्दै व्यवसायीहरुले सरकार समक्ष गुनासो गरेका थिए । सुन व्यवसायीहरुले सरकार र सरकारी निकायहरुमा सुन आयात कोटा बढाउन माग गरेसँगै राष्ट्र बैंकले कोटा बढाएको हो ।

त्यस्तै सुन व्यवसायीहरुले दैनिक ३० किलो सुनको माग गरेको भएपनि बजारको अस्थामा अनुसार २० किलोसम्म दैनिक आयात कोटा तोकिएको राष्ट्र बैंकले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कोटा घटाएपनि अझै कोटा बढाउन नसकेको गुनासो गर्दै आएका थिए । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । तर, कोरोनाका कारण सुरु भएको लकडाउनपछि सुन आयत कोटा घटाइ १० किलो प्रतिदिनमा सिमित भएको थियो ।

प्रतिक्रिया दिनुस