शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना सुरु भएको छ। राष्ट्रिय गणना कार्यक्रमअनुसार बिहीबारबाट गैँडाको गणना सुरु गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको हो।

बिहीबार बाट औपचारिक रूपमा निकुञ्जले मालुमेला, बेल्डाँडी र शुक्लाफाँटा क्षेत्र गरी तिन ओटा ब्लकबाट गैँडाको गणना सुरु गरिएको जनाएको छ। गैँडा गणनाका लागि ८ जना प्राविधिक कर्मचारी, १२ ओटा हात्ती परिचालक र १० जना व्यवस्थापक गरी ३० जना कर्मचारी परिचालन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा पुन मगरले जानकारी दिए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २०७१ सालमा गरिएको गणनाअनुसार १७ वटा गैँडा रहेका छन्।

प्रतिक्रिया दिनुस