भारत लैजादै गरीएकी कञ्चनपुरकी एक युवतीको माइती नेपालले उद्धार गरेको छ। जिल्लाको लालझाँडी गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई भारत उत्तर प्रदेशका २० वर्षिय जान मोहम्मदले भारत लैजादै गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिका –४ स्थित महाकाली झोलुङ्गे पुलबाट उद्धार गरीएको हो।

मोहम्मदले भारत लैजादै गरेको अवस्थामा किशोरीलाई उद्धार गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिइन्। बिहे गर्छु भनेर भारत लैजान लागेको किशोरीले बताएका छन्। किशोरी ४ दिन अघि घरबाट भागेको बताईएको छ। किशोरीका आफन्तले घरबाट बेपत्ता भएको भन्दै प्रहरीका निबेदन दिएको किशोरीको आफन्तले जनाएका छन्।

महाकाली झोलुङ्गे पुल स्थित माईती नेपाल कञ्चनपुरको सुचना तथा परामर्श केन्द्रले किशोरी र भारतिय युवक माथी शंका लागेपछि सोधपुछको क्रममा किशोरी भारत जान लागेको थाहा पाएपछि महाकाली झोलुङ्गे पुलमा रहेको प्रहरी पोष्टले भारतिय युवक जान मोहम्मदलाई नियन्त्रणमा लिएका थिए।

भारत लैजान लागेका भारतिय नागरिक जान मोहम्मदलाई नियन्त्रणमा लिइ प्रहरीले आवस्य कार्वाही अगाडी बढाएको छ। दलालहरुले बिभिन्न प्रलोभनमा पारेर भारतको बिभिन्न स्थानाहरुमा पु¥याएर उनीहरुलाई गलत कार्यमा लगाउने गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन्। दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा थुप्रै बाटोहरु भएको कारण समेत दलालहरुलाई मानव तस्करीमा सहजता भएको उनको भनाई रहेको छ। उनले यसमा घरपरिवारले सचेत हुनुपर्ने र किशोरीहरुलाई यस विषयमा सचेत रहन सर्तक बनाउन आग्रह गरे।

प्रतिक्रिया दिनुस