महेन्द्रनगर २०, चैत्र–गाँजा, चरेसले समाजमा अमन चयन भंग गरेको काउन्सीलर पुजा कुँवरले बताएकी छन्। बिहीबार महेन्द्रनगरमा आयोजित समुदाय– प्रहरी साझेदारी कार्यक्रममा बोल्दै नार्काैनान नेपाल संस्थाकी अध्यक्ष तथा कार्यक्रमका प्रमुख वक्ता कुँवरले चरेसले समाजमा पुरुष जातीलाई निष्क्रिय बनाउँदै गएको बताएकी हुन्।

इतिहास हेर्दा समेत नेपालको राजसंस्था ध्वस्त हुनुमा चरेस नै प्रमुख कारण रहेको उनले बताइन्। राजपरिवारका सदस्यले चरेसतान्न थालेपछि आमा, बुवा, छोरा दाजु सबैको हत्या गरेको उनले सुनाइन्। चरेस नेपालमा रहेका लागु औषध मध्ये दोस्रो नशालु रहेको बताउँदै उनले चरेसले पुरुष जातिमा परिवार प्रतिको मोह घटाउँदै गएको बताइन्।

उनले भनिन्–‘साधु सन्त चरेशलिएर जंगलमा बस्ने, मन्दिरमा बस्ने एक्लै बस्ने गर्दछन्, उनीहरूले न त परिवार पाल्नु पर्छ न त परिवारको चिन्ता नै हुन्छ।’

चरेसमा लठ्ठ पुरुषमा परिवार, सन्तान प्रतिको चिन्ता नहुने भन्दै त्यसले केवल एकलजिवन, साधना तर्फ तल्लीन भई समाज विस्तारको प्रक्रियामा रोकावट नै आउने बताउँदै उनले त्यसतर्फ सम्बन्धित निकाय सबैले सचेत हुनुपर्नेमा जोड दिइन्।

उनले भनिन्–‘घरमा कुलतमा फसिरहेका सन्तानको निगरानी राख्नु, उनीहरूका हर गतिविधि नियाल्नु आमा–बुवाको परम कर्तव्य हो, यसमा सबै सचेत बनौँ।’

No description available.

काउन्सीलर कुँवरले नेपाली समाजमा विभिन्न पाँच प्रकारका लागु औषध प्रयोग गरिएको भेटिएको जानकारी दिइन्। पहिलो नम्बरमा रक्सी, दोस्रोमा गाँजा, तेस्रोमा अफिम, चौथोमा लट्ठ्याउने औषधी र पाँचौँमा ड्रेन ड्राइन लागु औषध प्रयोगमा रहेका बताइन्। यी नियन्त्रणका लागी नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सहित त्यसको असरबारे जानकारी गराउनु पर्ने उनले बताइन्।

उनले नेपालमा रहेका ती विभिन्न लागु औषध मध्ये ७० देखी ८० हजार महिला जातीपनि लागु औषध सेवनकर्ता रहेको तथ्याङ्क उल्लेख गरिन्। लागु औषध नियन्त्रणका लागी परिवारबाटै निगरानी बढाइनुपर्नेमा उनले जोड दिइन्। उनले भनिन्–‘सन्तान बिग्रिएको छरछिमेकी, समुदायकाले पहिला थाहा पाउँछन, त्यसपछि मात्रै घरमा थाहा हुन्छ।’अभिभावकले सन्तान बिग्रिएको सुन्न नसक्ने बताउँदै उनले त्यसो नभई सुधार आफ्नै लागी भएको बताइन् ।

‘‘हर प्रहर गाउँ र प्रहरी, टोल टोलमा नेपाल प्रहरी’’ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उद्योग वाणिज्य संघ कञ्चनपुरको सभा हलमा आयोजना गरेको लागु औषध विरुद्ध सचेतना अभियानमा स्थानियहरुलाई परामर्श दिइएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं डिएसपी अमर बहादुर थापाक्षेत्रीले समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत सुरक्षित चेली अभियान कञ्चनपुरका नौ वटै स्थानियतहमा चलाइएको जानकारी दिए।

No description available.
उनले समाजमा देखा परेको लागु औषध समस्या निर्मूल गर्ने लक्ष्य रहेको बताए। लागु औषध रहित समाजको निर्माण गर्नमा सहयोग पु¥याउन डिएसपी क्षेत्रीले सबैमा आग्रह समेत गरेका छन्।

बिहीबार कार्यक्रममा जिल्ला स्थित विभिन्न संघसंस्थामा आबद्ध महिला, स्थानीय, समाजसेवीहरूको ऐतिहासिक उपस्थिति रहेको थियो।
कार्यक्रमका अध्यक्ष भीमदत्तनगरपालिकाकी उपप्रमुख सुशीला चन्दले समाजमा लागु औषध विकराल समस्याका रूपमा देखा पर्दे गएको बताइन्। उनले युवायुवतीहरूलाई यस्ता किसिमका कुलतबाट जोगाउन पढाइ, अन्य उपयोगी गतिविधि तर्फ व्यस्त बनाइनुपर्ने बताइन्। लागु औषध नियन्त्रणका लागी आफूहरू सुरक्षा निकायका प्रतिनिधिहरू सँग पनि निरन्तर छलफलमा रहने उनले बताइन्।

प्रतिक्रिया दिनुस