सुदूरपश्चिममा भर्खरै भारतबाट आएका तीन जनामा नयाँ किसिमको (न्यु भेरिएन्ट)कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित उनीहरूमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए।

शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको उनले बताए। त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक९एक जनामा संक्रमण पुष्टि भएको बताइएको छ।

नाकाबाट भित्रिएका २० जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन जनामा नयाँ भेरियन्टको कोरोना देखिएको बताइएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइसोलेसनमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुस