नेकपा(क्रान्तिकारी माओवादी )का अछाम जिल्ला सेक्रेटरी शिवराज वजगाँइ (शितल) लाई मातृ सोक परेको छ। जिल्लाको कमलबजार नगरपालिका –८ का वजगाँईका आमा क्युरी देवी बजगाँईको शनिवार निधन भएको हो।

यसैबिच नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेशले सोकवक्तव्य जारी गर्दे मृतक आमा प्रति भाव पुर्ण श्रदाञ्जली अर्पण गरेको छ। सुदूरपश्चिम प्रदेश सेक्रेटरी चिन्तकद्धारा हस्ताक्षरित सोकवक्तव्यमा ‘२१ गतेका दिन भएको असामयिक निधनले सुदुरपश्चिम प्रदेश पार्टी स्तब्ध र दुःखित छ यस अवस्थामा नेकपा (क्रान्तिकारी माओवादी ) सुदुरपश्चिम प्रदेश कमिटी मृतक आमा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कामरेड शिवराज वजगाँई सहित परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछ।’ उल्लेख गरीएको छ।

प्रतिक्रिया दिनुस