फाइल।

नेकपा माओवादी केन्द्रको आज (आइतबार) बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित भएको नेतृ पम्फा भुषालले जानकारी दिइन् ।

नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको उनले बताइन् । आजको बैठकमार्फत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो । तर अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ। अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागि नसकेको भुषालले बताइन्।

प्रतिक्रिया दिनुस