बझाङको खप्तड छान्ना गाउँपालिकाको सबैभन्दा विकट वडा नम्बर ७ मा रहेको ३२ वाट क्षमताको भेराखानी लघु जलविद्युत् आयोजनाबाट उत्पादन सुरु भएको छ। आयोजनाबाट वडा नम्बर १, ७, ८ र ९ का गोरखाली, धर्तिवाडा, कोरकाट्या र लामागडाका करिब ३२० घरधुरी लाभान्वित भएका छन्।

आयोजना गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको हो। करिब एक करोड ४९ लाख ६२ हजार ६५६ रुपैयाँ लगानीमा आयोजनाको निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकाया बताए। २०७५ सालदेखि निर्माण सुरु आयोजना सम्पन्न गर्न स्थानीयको पनि जनश्रमदान गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर सिंहले बताए।

प्रतिक्रिया दिनुस