सांकेतिक।

बैतडीको सिगास गाउँपालिकाको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ। आगलागीबाट गाउँपालिकाको वडा नम्बर एक बसेडाका महेन्द्र बहादुर कुँवरको घर जलेर नष्ट भएको हो।

आगलागी अहिलेसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको र प्रहरी घटानास्थल पुग्नै लागेको उक्त वडाका अध्यक्ष गगन सिंह धामीले बताए। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ। घरधनी कुँवरका अनुसार शनिबार साँझ ४ बजेतिर पातल सामुदायिक वनमा लागेको आगो आज बिहान ६ बजेतिर घरमा लागेको हो।

प्रतिक्रिया दिनुस