फाइल।

झलारीमा आगलागीबाट तीन लाख बढीको क्षति भएको छ। शुक्लाफाँटा नगरपालिका–८ मणिका टोलका गणेश भुलको गोठमा आज आगलागी हुँदा तीन लाख ५० हजारभन्दा बढीको क्षति भएको हो। गोठमा बाँधिएको बाच्छीको आगलागीमा परेर जलेर मरेको छ। गोठ पूरै जल्नाका साथै बोरिङ पाइप, तयारी अवस्थाको सालको काठ, सिँचाइका लागि गरिएको बायरिङ, प्यानल बोर्ड र अन्न सबै जलेर नोक्सान भएको पीडित भुलले बताए।

“घर निर्माणका लागि तयारी अवस्थाको रु दुई लाखभन्दा बढीको सबै काठ गोठमै राखेको थिए”, उनले भने, “पूरै जलेर खरानी भयो।” वडाध्यक्ष बहादुर सिंह महराका अनुसार नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण कायम गरिएको छ।

प्रतिक्रिया दिनुस