सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कैलालीकै भवनमा प्रदेशको समेत काम गर्ने गरी कार्यालय स्थापना भएको हो। निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले आइतवार कार्यालयको शुभारम्भ गरिन्। कार्यक्रममा उनले संघीय संरचनाअनुसार आयोगको प्रदेश कार्यालय खोलिएको बताइन्। ‘प्रदेश कार्यालय खोलिएको छ’, उनले भनिन्, ‘प्रदेशको सम्पूर्ण निर्वाचन गतिविधि प्रदेश कार्यालयबाट नै सञ्चालन हुने छन्।’

निर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वासिलो बनाउनमा आयोग अगाडि बढिरहेको बताउँदै आफ्ना कार्यक्रमलाई पनि परिमार्जित गरेर अगाडि बढिरहेकाले त्यो परिमार्जनमा सबैको सल्लाह सुझाव आवश्यकता रहेको उनले बताइन्। कार्यक्रममा सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव गंगाबहादुर खरेल, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुस