नेपालमा कोरोनाका १ सय ७६ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ पुगेको छ । संक्रमितको कुल संख्या भने २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय १७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ भने ३ हजार ३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुस