कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका –१ का हिक्मत महराले पहिलो पटक कमेडी च्याम्पियनमा भाग लिएका छन्। सुदूरपश्चिमबाट राष्ट्रिय स्तरको कमेडी च्याम्पियनमा भाग लिएका उनले कमेडी मार्फत छिमेकी मुलुकबाट बेहोर्नुपरेका पिडा र नेपालको राजनीति प्रति तिखो व्यङ्ग प्रहार गर्दे कमेडी प्रस्तुत गरेका छन्।
उनले भने,–लिपुलेक हाम्रो हो भन्दै, माइतीघरमा नारा लगाउनु भनेको विदेशमा बसेर नेपालमा रहेकी श्रीमतीलाई किस गर्नु समान हो।’ उनले सीमा बचाउन सरकार स्वयंम संवेदनशील हुनुपर्ने बताए। माइतीघरमा नारा लगाएरै सीमाका विषय समाधान नहुने उनले बताए।
नेपालको पहिलो रियालिटी सो कमेडी च्याम्पियन सिजन २ मा ६ हजार जनाको प्रस्तुति रहेको थियो।
जसमध्ये छनौट हुँदै कञ्चनपुरका महरा टप १५ मा प्रवेश गरेका छन्। उनले प्रस्तुति मार्फत छिमेकी मुलुकले पटक–पटक सीमा मिच्दै गरेको विषयवस्तु र नेपालको वर्तमान राजनीतिक अवस्थाको तिखो व्यङ्ग्य प्रहार गरेका छन्। उनले भने,–सिमामिच्दा मिच्दै नेपालीका आँगन छिमेकीको हुन थाल्यो, हामी भने बिस्तारवाद मुर्दा वाद मात्रै भन्न सकिरहेका छौ, तर सीमा भने मिचिएको मिचिएकै छ।’
-भिडीयो हेर्न क्लिक गर्नुहोस्।
प्रतिक्रिया दिनुस