काठमाडौं उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ । सोमवार बसेको जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति (९डीसीएमसी)ले उपत्यका प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गर्न नगरपालिकाहरुलाई निर्देशन दिएको हो ।

डीसीएमसी बैठकले नाकामा हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण गर्न निर्देशन दिएको हो। परीक्षण गरिएका व्यक्तिमा कोभिडको लक्षण देखिए पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न भनिएको छ। यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ(आफ्नो नगरपालिका भित्र एक(एक वटा आइशोलेसन रक्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको छ ।

naka.jpg

प्रतिक्रिया दिनुस