सोमबार नेपालमा ४ हजार ५३६ जनाको पीसीआर परिक्षण गर्दा थप २ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १८ सय ३२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ६४ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ८९ हजार ८२४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुस