महेन्द्रनगर २३, चैत्र–नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको निर्वाचनका लागी उम्मेदवारहरूको अन्तिम  नामावली प्रकाशन भएको छ। सोमबार नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समिति कञ्चनपुरले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुर, प्रदेश समिति, प्रदेश परिषद्, केन्द्रीय समिति र केन्द्रीय परिषद् सदस्यको यही चैत्र २५ गते हुने निर्वाचनमा कञ्चनपुर शाखाबाट तिन जना अध्यक्ष, दुई जना उपाध्यक्ष, महिला उपाध्यक्ष दुई जना, सचिवमा दुई जना, सहसचिवमा दुई जना, सहसचिव समावेशी तर्फ दुई जना, कोषाध्यक्षमा तिन जना, महिला सदस्यमा दुई जना, दलित सदस्यतर्फ दुई जना, आदिवासी जनजाति सदस्यमा दुई जना, अन्य सदस्यमा १८ जना, सदस्य केन्द्रीय परिषद्का लागी ७ जना र सदस्य प्रदेश परिषद्मा तिनजना चुनावी मैदानमा होमिएका छन्।
विभिन्न तर्फका तिन सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेमा सदस्य अन्य समावेशी तर्फ धनबहादुर महता, आदिवासी जनजाति तर्फका सदस्यमा लाल बहादुर चौधरी र सदस्य मधेसीमा गम्भिरलाल उराव  निर्विरोध निर्वाचित भएका हुन्।
No description available.
No description available.
No description available.
प्रतिक्रिया दिनुस