नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अध्यक्षमा संयुक्त प्यानल अन्तर्गत प्रेस युनियन तर्फका माधव सिंह धामी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका सुरेश सिंह धामीले ६९ मत पाए भने बागी उम्मेदवार शेर बहादुर सिंहले २५ मत पाएका हुन्।
त्यस्तै उपाध्यक्षमा प्रेस चौतारी ओली समूह तर्फका भवानी दत्त भट्ट १२३ मत सहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी माधव समूहका ज्ञानेन्द्र महताले ८६ मत प्राप्त गरी यस पटकको निर्वाचनमा हार बेहोर्नुपरेको हो।
महिला उपाध्यक्षमा प्रेस युनियनकी हेमन्ती डगौरा चौधरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी ओली समूहकी धर्मा रोकायाले ५४ मत प्राप्त गरिन्।
सचिवमा प्रेस सङ्गठन नेपालका राजेन्द्र प्रसाद अवस्थी १ सय १९ मत सहित निर्वाचित  भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी ओली समूहका गणेश दत्त भट्टले ८९ मतप्राप्त गरी यस पटकको चुनावमा हार व्यहोरे।
त्यस्तै सहसचिवमा मिडीयामञ्च नेपालका धु्रर्बराज अवस्थी १ सय १३ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस सङ्गठन नेपालका  वासुदेव धामीले ९४ मत प्राप्त गरी हार बेहोर्नु परेको हो।
सहसचिव समावेशीमा प्रेस सङ्गठन नेपालका पहिलाद राना १ सय ४३ मत सहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी रजनी रानाले ५७ मतप्राप्त गरिन्।
त्यस्तै कोषाध्यक्षमा प्रेस युनियनका जयदेव जोशी १ सय २२ मत सहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी क्रान्तिकारी पत्रकार महासंघ तर्फका धनञ्जय अवस्थीले २६ मत प्राप्त गरे भने प्रेस चौतारीका हरिशचन्द्र बागले ६३ मत प्राप्त गरी यस पटकको चुनावमा हार बेहोर्नुपरेको हो।
महिला सदस्यमा प्रेस युनियन तर्फकी रिना अधिकारी १ सय ३४ मत सहित निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी ओली समूह तर्फकी लक्ष्मी सेठीले ६३ मत प्राप्त परी हार बेहोर्नुपरेको हो।
त्यस्तै दलित महिला सदस्यमा प्रेस सङ्गठन नेपाल तर्फका कृष्ण बहादुर दमाई भारी मतका साथ विजयी भएका छन्। उनले एक सय ३२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी ओली समूह तर्फका विमल कुमार कु. विकले ६२ मत प्राप्त गरी हार बेहोर्नुपरेको हो।
सदस्य पदमा भने ९० भोट माथीकालाई निर्वाचित घोषित गरिएको छ। जसमा कमल बिक १ सय १५, किशोर बहादुर तामाङ ९७, अर्जुन बहादुर सिंह ९०, देवेन्द्र खड्का ९०, होमनाथ योगी ९१, प्रेमराज भट्ट ९१, वीरसिंह ऐर ९९, रमेश भट्ट ९८ र सरोज धामी १ सय २४ मत सहित निर्वाचित भएका छन्।
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचनमा दुई सय ५३ मतदाता मध्ये २ सय १७ जनाले भोट खसालेका थिए। महासङ्घको यस पटकको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल पक्ष) लगायत ११ दल निकट पत्रकार सङ्गठनले एउटै प्यानल बनाएका थिए। कञ्चनपुरमा भने मोर्चा एकबद्ध भएर अगाडी बढ्न सकेको थिएन। एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीको छुट्टै प्यानल रहेको थियो भने केही स्वतन्त्र र बागी उम्मेदवार पनि रहेका थिए।
प्रतिक्रिया दिनुस