विद्यालय जाने उमेरका बालबालिकाहरुमा समेत कोभिड–१९ को यूके भेरियण्ट (बी.१.१.७) सँग मिल्दोजुल्दो संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का प्रमुख डा. कृष्ण पौडेलका अनुसार बालबालिका र ५० वर्षभन्दा कम उमेरका मानिसहरुमा देखिएको संक्रमण यूके भेरियण्ट ९बी।१।१।७० सँग मिल्दोजुल्दो पाइएको हो । यद्यपि यसलाई प्रमाणित गर्न गर्नुपर्ने जिन सिक्विनिङ नेपालमा हुँदैन ।पौडेलका अनुसार पछिल्लो समय भेटिएका केही संक्रमितमा एस जिन देखिएकाले नयाँ भेरियन्ट हुनसक्ने आशंका गरिएको हो । ‘
हामीसँग त्यति धेरै ठूलो तथ्यांक त छैन, तर हामीले गरेको स्याम्पलिङमा बालबालिकामा बढी एस जिन देखिएको छ,’ डाक्टर पौडेलले भने, ‘बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन शिक्षण संस्थाहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न भनेका हौं ।’
नयाँ स्वरुपको भाइरसको नेपाल कनेक्सन
अहिलेसम्म कोरोना भाइरसका तीन भेरियन्ट पाइएको छ, बेलायतमा बी(१.१.७) अफ्रिकामा बी(१.१३५) र ब्राजिलमा पी.१.तीनै भेरियन्ट छिमेकी मुलुक भारतमा पनि भेटिएको छ । नेपालमा भने युके भेरियन्ट मात्र पुष्टि भएको छ । १३ पुसमा बेलायतबाट यात्रा गरेर आएका ५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भयो । त्यो बेला बेलायतमा नयाँ भेरियन्टको (बी.१.१.७) कोरोना भाइरस पुष्टि भएर लकडाउन थियो । अन्य युरोपियन देशहरुले पनि खतरा बढ्ने भन्दै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेका थिए ।
वन्तको तर्कसँग भाइरोलोजिस्ट समेत रहेका डा। समीरमणि दीक्षित सहमत छन् । उनी थप्छन्, ‘यो अन्य नयाँ भाइरस नभएर कोरोनाकै अर्को स्वरुप हो, त्यसैले धेरै अत्तालिनु पर्दैन ।’ नेपालमा पनि नयाँ भेरियन्टको संक्रमण भित्रिएको आशंकामा ५ जनाको स्वाब संकलन गरेर जिन सिक्विनिङको लागि विश्व स्वास्थ्य संगठनको हङकङमा रहेको ल्याबमा पठाइयो । र, त्यसको रिपोर्टमा युके भेरियन्ट पुष्टि भएको थियो । गत फागुनको पहिलो साता मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको कन्ट्याक ट्रेसिङमा रहेका १३ जनाको नमुना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियण्टको भाइरस पुष्टि भएको थियो । उनी बेलायतबाट फर्किएका व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका थिए । तर जिन सिक्विनिङ नगरिएकाले यूके भेरियन्ट हो या अन्य नयाँ भेरियन्टको भाइरस हो भन्ने यकिन हुन सकेको थिएन ।
पछिल्लो समय भेटिएको संक्रमणमा एस जिन देखिएकाले यूके भेरियण्टको हुनसक्ने डा.पौडेल बताउँछन् ।
किन हुन सकेको छैन जिन सिक्विनिङ?
निजी क्षेत्रको ल्याबमा जिन सिक्विनिङ गर्दा निकै महँगो पर्ने भएकाले सरकारी ल्याबमै गर्ने व्यवस्था मिलाउन खोजिएको ईडीसीडीका प्रमुख डा। पौडेल बताउँछन् । उनका अनुसार जिन सिक्विनिङ गर्ने प्रविधि र किट छुट्टै चाहिनेछ । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मेसिन ल्याइएको छ, अब छिट्टै सरकारी ल्याबमै जिन सिक्विनिङ गर्न सकिन्छ,’ पौडेल भन्छन् ।
प्रयोगशालासँगै त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी ल्याब, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को विज्ञ टिम पनि जिन सिक्विनिङका लागि जुटेको छ ।
नयाँ भेरियण्टको अर्थ के ?
नयाँ भेरियन्ट भेटिँदा सतर्क हुनुपर्ने भएपनि अत्तालिनु नपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । जनस्वास्थ्यविद् डा। शरद वन्त कोरोना भाइरसको नयाँ स्वरुप नेपालमै पनि विकास हुनसक्ने बताउँछन् । संक्रमण फैलिएको लामो समय भएपछि भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्न सक्ने उनको कथन छ ।
वन्तको तर्कसँग भाइरोलोजिस्ट समेत रहेका डा. समीरमणि दीक्षित सहमत छन् । उनी थप्छन्, ‘यो अन्य नयाँ भाइरस नभएर कोरोनाकै अर्को स्वरुप हो, त्यसैले धेरै अत्तालिनु पर्दैन ।’उनका अनुसार कोरोना भाइरस फैलिएको लामो समय भएकाले नयाँ स्वरुपमा परिवर्तन हुनु सामान्य जस्तै हो । बेलायतमा देखिएकोभन्दा फरक किसिमको स्वरुपमा देखिए पनि अनौठो नहुने उनको भनाइ छ । भन्छन्, ‘भाइरसहरुले रुप परिवर्तन गर्यो भन्दैमा अत्तालिनु जरुरी छैन, तर सतर्क भने रहनुपर्छ ।’ संक्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारी पनि लामो समयसम्म महामारी फैलिएपछि भाइरसले संरचना परिवर्तन गर्नु सामान्य जस्तै रहेको बताउँछन् । उनी भन्छन्, ‘बेलायतमा देखिएकोभन्दा नयाँ स्वरुपको भाइरस पनि देखिनसक्छ, त्यसैले जिन सिक्विनिङ गर्न तत्काल आवश्यक छ ।’
सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन पनि जुनसुकै भेरियन्टको भाइरस भएपनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नु अनिवार्य रहेको बताउँछन् । उनका अनुसार भाइरसबाट बच्न पालना गर्नुपर्ने नियम एउटै भएकाले मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । डाक्टर पुन भन्छन्, ‘खोपको सहज उपलब्धता नहुञ्जेलसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्नु संक्रमणबाट बच्ने अनिवार्य शर्त हो ।’ अनलाइनखबर बाट